दफा २७
ऋण असुली अधिकृतको आदेश न्यायाधिकरणको आदेश सरह हुने
(१) यस ऐन बमोजिम ऋण असुलउपर गर्ने सन्दर्भमा ऋण असुली अधिकृतले दिएको आदेश न्यायाधिकरणले दिएको आदेश सरह हुनेछ र यस्तो आदेशको पालना गर्नु सम्वन्धित सबैको कर्तव्य हुनेछ । (२)  ऋण असुली अधिकृतले यस ऐन बमोजम दिएको आदेशको कसैले अवहेलना गरेमा न्यायाधिकरणले निजलाई दफा ३० बमोजिम न्यायाधिकरणको अवहेलनामा कारवाही चलाउन   सक्नेछ ।